बर्दिया पुगेर कांग्रेस नेता राठौरले भने– हामी अनुशासित नभए कांग्रेस बलियो हुँदैन

 

जेठ ४, बर्दिया । नेपाली कांग्रेस केन्द्रिय सदस्य किशोर सिंह राठौरले पार्टीभित्र अनुशासन कायम गर्न नसके पार्टी चल्न नसक्ने भन्दै सबैलाई अनुशासित रहन अपिल गरेका छन् । 

कांग्रेस अनुशासन समितिको सदस्य समेत रहेका नेता राठौरले कांग्रेसभित्र मञ्च पाउना साथ अर्काको आलोचना गर्ने परम्परा विकास हुँदै गएको भन्दै त्यो परम्पराले निरन्तरता पाईराखे पार्टीलाई ठूलो क्षति हुने पनि उनले जिकिर गरे । 

null

नेपाली कांग्रेस बर्दिया साबिक क्षेत्र नम्बर चारले आयोजना गरेको जागरण अभियानमा बोल्दै नेता राठौरले सबैलाई आफू बलियो बन्न भन्दा पार्टी बलियो बनाउन तिर लाग्न पनि सुझाव दिए। 

कार्यक्रममा नेता राठौरले अहिले सरकार दम्भ र अहंकारको बाटोमा अगाडि बढेका कारण पतन हुँदै गएको पनि उल्लेख गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *