ओपोद्वारा रमजान अफरको घोषणा: ए ७ र एथ्रीएसमा डिस्काउन्ट अफर

 

जेठ १, काठमाडौं । विश्वकै अग्रणी स्मार्टफोन ब्रान्ड ओपोले नेपालमा रमजानको अवसर पारी आफ्ना दूई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले ए७ (४+६४ जिबी) र एथ्रीएस (२+१६ जिबी) भ्यारियन्टलाई नयाँ आकर्षक अफर मूल्यमा उपलब्ध गराएको हो । 

रमजान अफरअन्तर्गत अब यी फोनहरू क्रमशः २७,९९० र १५,९९० रुपैयाँमा उपलब्ध हुनेछन् । अगस्ट २०१८मा सार्वजनिक ए ३ एस दक्षिण एसियाली बजारमा १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमपी एआई सक्रिय फ्रन्ट क्यामेरा तथा फुल स्क्रिनसहित सार्वजनिक पहिलो उपकरण हो । यो फोन विशेषगरी मितव्ययी मूल्यमा अत्याधुनिक प्रविधि समायोजित स्मार्टफोन चलाउन चाहनेहरू लक्षित गरी सार्वजनिक गरिएको हो । 

null

त्यसैगरी, ए ७ भने बिगर ब्याट्री फोनका रूपमा नोभेम्बर २०१८ मा सार्वजनिक गरिएको थियो । ए–सिरिजअन्तर्गत सार्वजनिक यी दुुवै फोन नेपालमा सर्वाधिक बिक्री हुन सफल फोनमध्यका हुन् । मितव्ययी मूल्यमै फोनमा उपलब्ध गरिएका मोबाइल फोटोग्राफी अन्तर्गतका नवप्रर्वतन तथा उच्च अत्याधुनिक प्रविधिका लागि यसले उपभोक्ता माँझ निकै लोकप्रियता पायो । शक्तिशाली ब्याट्री सहित सार्वजनिक गरिएका दुवे फोन युवा पुस्ता र तिनमा पनि विशेषगरी कलेज जाने पुस्तामाझ लोकप्रिय रहेका छन् । 

४ हजार २ सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री सहितको ओपो ए ७ मा उपभोक्ताको प्राकृतिक तथा गुणस्तरीय तस्वीर खिच्ने चाहना पूरा होस् भन्ने सोचका साथ १६ एमपी फ्रन्ट क्यामेरा (एआई २.० सहितको) र १३+२ एमपी डुअल रियर क्यामेराको व्यवस्था गरिएको छ । त्यसैगरी, ओपो एथ्रीएसमा भने १३+२ एमपी डुअल रियर क्यामेराका साथमा ८ एमपी एआई सक्रिय गरिएको फ्रन्ट क्यामेरा दिइएको छ । फोनमा सुपर फुल स्क्रिनका साथमा एआई ब्युटी प्रविधि पनि उपलब्ध छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *