वीपी कोईराला स्वास्थ्य प्रतिष्ठानका इन्टर्न डाक्टरहरु धर्नामा

काठमाडौं, १६ जेठ । लामो समयदेखि तलब वृद्धिको माग गर्दै आइरहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरहरु पुन काम छोडेर आन्दोलन गर्दै धर्नामा उत्रिएका छन् । मागबारे पटक पटक व्यवस्थापन पक्षको ध्यानाकर्षण गराउदा पनि सुनुवाई नभएको भन्दै उनीहरु हिजो देखि काम छोडेर धर्नामा बसेका हुन् । 

 

प्रतिष्ठानको एमबिबिएस र बिडिएसका इन्टर्न डाक्टरहरु प्रतिष्ठानको उपकुलपति कार्यालय अघि हिजो दिनभर धर्नामा बसेका थिए । आफ्नो माग पुरा नभएसम्म निरन्तर धर्नामा बस्ने इन्टर्न संघर्ष समितिका संयोजक डा सञ्जय बरालले जानकारी दिए । 

null

 

विरामीहरुको पहिलो चरणको जाँच गर्ने र व्यवस्थापनको सबै जिम्मेवारी यीनै ईन्टरनल डाक्टरहरुले लिन्छन् तर, हामीलाई नै तलबमा अन्याय छ, हेल्परको जति पनि हाम्रो तलब छैन,’ उनले प्रश्न गरे । प्रतिष्ठानमा डेढ सयको हाराहारीमा इन्र्टन डाक्टरहरु रहेका छन् । 

उनीहरुले नेपाल सरकारको स्वास्थ्यको ८ औं तहको मेडिकल अफिसरले पाउने तलबको ५० प्रतिशत तलब इन्टर्नहरुले पाउनुपर्ने माग गर्दै आएका छन् । सरकारको ८ औं तहका मेडिकल अफिसरहरुले ३६ हजार हाराहारीमा तलब पाउँछन् । त्यसको ५० प्रतिशतले करिब १८ हजार मासिक हुन आउँछ । करिब ४ महिनादेखि उनीहरुले यही माग लिएर आन्दोलन गरिरहेका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *