नेकपाको जनसङ्गठनका नेतृत्व घोषणाः किन राजिनामा दिँदैछन् रञ्जित ?

 

जेठ ३, काठमाडौं । जनवर्गीय संगठनको एकता गर्ने सत्तारुढ नेकपाको घोषणाले विद्यार्थी संगठनमा तीव्र असन्तुष्टि देखिएको छ । 

आफ्नै पार्टीको घोषणाबाट असन्तुष्ट बनेका विद्यार्थी संगठनमा सहसंयोजक तोकिएका अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले राजीनामा दिने बताएका छन् । उनले आफ्नो माग सुनुवाई नभए राजीनामा दिने बताएका हुन् । 

null

पूर्व एमालेको भागमा परेको विद्यार्थी संगठनको नेतृत्वमा नविना लामा थिइन्। एमालेको भागमा परेपछि उनै विद्यार्थी संगठनको अध्यक्ष हुनुपर्नेमा महासचिव ऐन महरलाई संयोजक बनाइएको छ। अनेरास्ववियूका महासचिव महरलाई अखिल नेपाल राष्ट्रिय विद्यार्थी सङ्गठनको संयोजक बनाएसँगै उनी असन्तुष्ट बनेका हुन् । 

नेतृत्वका दावेदार रहेका उनले आफ्नो अपमान भएको बताएका छन् । उनले असन्तुष्टि जनाउँदै फेसबुकमा लेखेका पनि छन्, ‘कहिलेकाहिँ समयले पनि मजाक गर्दो रहेछ ।’ 

सत्तारुढ नेकपाले पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका अवसरमा शुक्रबार विभिन्न जनसङ्गठनको नेतृत्वको एकतालाई पूर्णता दिएको घोषणा गर्दै नेतृत्वको नाम सार्वजनिक गरेको छ । २१ वटा जनसङ्गठनको नाम, संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको सङ्ख्या सार्वजनिक गरिएको हो । 

सार्वजनिक विवरणअनुसार अखिल नेपाल किसान महासङ्घको संयोजकमा वामदेव गौतम र सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल राष्ट्रिय विद्यार्थी सङ्गठनको संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ, युवा सङ्घ नेपालको संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’, सहसंयोजक रमेश पौडेल छन् । 

अखिल नेपाल महिला सङ्घको संयोजकमा अमृता थापा र सहसंयोजकमा सीता पौडेल, ट्रेड युनियन महासङ्घ नेपालको संयोजक विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा, प्रेस सङ्गठन नेपालको संयोजकमा महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेत चयन भएका छन् । 

यसैगरी नेपाल बुद्धिजिवी सङ्गठनका संयोजक डा दिनेशचन्द्र देवकोटा, सहसंयोजकमा कृष्ण केसी, पेशागत महासङ्घ नेपालको संयोजकमा विश्वनाथ प्याकुरेल र सहसंयोजकमा दयाराम बस्याल, जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा खगेन्द्र राई र सहसंयोजकमा सूर्य पौडेल ९सरल सहयात्री० छन् । 

त्यस्तै नेपाल मुस्लिम सङ्गठनको संयोजकमा सिराज महम्मद फारुकी, सहसंयोजकमा अत्तहर हुसेन फारुकी, नेपाल दलित मुक्ति सङ्गठनको संयोजकमा तिलक परियार, सहसंयोजकमा ओमबहादुर विश्वकर्मा, आदिवासी जनजाति महासङ्घको संयोजक सुरेश आलेमगर र सहसंयोजकमा शेरबहादुर तामाङ, नेपाल अपाङ्ग सङ्गठनको संयोजकमा इन्द्रमाया गुरुङ, सहसंयोजकमा रामप्रसाद ढुङ्गाना, खेलकूद महासङ्घ नेपालको संयोजकमा पुरुषोत्तम पौडेल र सहसंयोजकमा शिव कोइराला घोषित भएका छन् । 

यसैगरी उद्योग व्यवसायी महासङ्घको संयोजकमा लक्ष्मीदास मानन्धर र सहसंयोजकमा श्याम पाठक, प्रवासी नेपाली मञ्च (भारत) मा संयोजक लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी, नेपाल भूमिहीन सुकुम्वासी सङ्गठनको संयोजकमा रामप्रित पासवान र सहसंयोजकमा पदम देवकोटा, भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको संयोजकमा धनबहादुर चन्द र सहसंयोजकमा जीवन बुढा, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *