माटोको ढिस्कोले पुरिएर दशरथ र जवाहिरको मृत्यु

 

                                                फाइल तस्विर 

जेठ १४, वीरगञ्ज । वीरगञ्जमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

null

वीरगञ्ज महानगरपालिका वडा नं १४ स्थित राजाराम जलानको निर्माणाधीन घरको जग खन्ने क्रममा माथिबाट खसको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा बिश्रामपुर गाउँपालिका इटियाही बस्ने ५० वर्षीय दशरथ पण्डित र बाराकै परवानिपुर गाउँपालिका–४ बस्ने ५० वर्षीय जवाहिर राम रहेका छन् । अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ढिस्कोमा पुरिएर ४५ वर्षीय राजेन्द्र राम घाइते भएका हुन् । उनकाके गण्डक अस्पतालमा उपचार भइरहेको छ । 

मृतकको परिवारलाई ठेकदारले ६ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *