बाबुराम र उपेन्द्रको एकता सभामा कांग्रेस नेता दमननाथ ढुंगाना पनि

 

बैशाख २३, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमबीचको एकता घोषणा सभा सुरु भएको छ । 

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको एकता घोषणा सभामा कांग्रेस नेता दमननाथ ढुंगाना पनि उपस्थित छन् । प्रज्ञा भवनमा एकीकरण कार्यक्रममा सहभागी दुवै पार्टीका नेताहरूसँगै उनले हात उठाएर अभिभावदन गरेका छन्। 

null

संघीय संसद्को निर्वाचनमा नेपाली कांग्रेसबाट भक्तपुर २ मा उम्मेद्वार रहेका उनी महेश बस्नेतसँग पराजित भएका थिए । 

लामो छलफलपछि शनिबार नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको हो । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ । 

एकीकृत पार्टीमा नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई पहिलो वरीयताको अध्यक्ष रहनेछन् भने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव दोस्रो वरीयतामा रहने छन् । 

भट्टराई संघीय समितिको अध्यक्ष र यादव केन्द्रीय समितिको अध्यक्ष रहने गरी एकताको प्रक्रिया टुंगो लगाइएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *