दोलखामा आगलागी : पसलसहितको ४ ओटा घर जलेर नष्ट

दोलखा, १२ जेष्ठ । आज विहान कालिञ्चोक गाउँपालिका वडा नम्बर–८ सुनखानीमा रहेको सोती बजारमा आगलागी हुँदा पसलसहितको ४ ओटा घर जलेको छ । अन्य दुईवटा घरमा पनि आंशिक क्षति पुगेको छ । सोती बजारमा रहेको घनश्याम उप्रेती, चित्रबहादुर खरेल, राजेन्द्र सेढाई र नारायणप्रसाद शिवाकोटीको घर पूर्णरुपमा जलेर नष्ट भएको हो । 

 

त्यसैगरि पदमराज शिवाकोटी र विष्णु शिवाकोटीको घरमा आशिंक क्षति पुगेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । क्षति पुगेका घर मध्ये उप्रेतीको इलेक्ट्रोनिक पसल, खरेलको होटल, सेढाइको होटल र पसल सञ्चालनमा थियो भने राजेन्द्र सेढाइको घरमा बासु खरेलले होटल सञ्चालन गरेका थिए । होटल र पसल सञ्चालन गरिएका घरहरुमा आगलागी हुँदा करिब एक करोड ९७ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

null

आगलागीका कारण सुनखानीको ठकर्पुमा रहेको विद्या विकास बोर्डिङ स्कुलको पार्क गरिराखेको बा १३ च ३४८४ नम्बरको स्कुल बसमा समेत क्षति पुगेको छ । राति साढे एकबजेदेखि लागेको आगो भिमेश्वर नगरपालिकाको दमकल, सुरक्षाकर्मीसहित स्थानीयबासीन्दाले बिहान ८ बजे नियन्त्रणमा लिएका थिए । आगलागी कसरी भयो भन्नेबारे पत्ता लाग्न सकेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *