समाजवादी पार्टीको लक्ष्यः धर्मनिरपेक्ष, सङ्घीय गणतन्त्रात्मक राज्यव्यवस्था र ११ प्रदेश (पूर्णपाठसहित)
बैशाख २३, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकता घोषणा भएको छ ।
सोमबार राजधानीमा आयोजित एक समारोहमा दुई पार्टीबीच एकता घोषणा भएको हो ।
null
समारोहमा एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक बाबुराम भट्टराई र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरे । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ ।
एकीकरणसँगै पार्टीले जनयुद्ध, मधेश आन्दोलन, पहिचानसहितको संघीयतालाई जोड दिने भएको छ । समाजवादी पार्टीले बहुदलीय मान्यता अनुरुप प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचनबाट निर्वाचित संसदमा जाने बताएको छ।
यस्तै दुई पार्टी संघीय राज्य बनाउन प्रतिबद्ध रहेको र त्यसका लागि संविधान सभाद्वारा गठीत उच्चस्तरीय राज्य पुनर्संरचना सुझाव आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी ११ प्रदेशहरुको रचना गर्नुपर्नेमा जोड दिइएको छ ।