नुवाकोटमा सञ्चारमन्त्रीको कार्यक्रम बहिस्कार

 

बैशाख २९, नुवाकोट । सञ्चार क्षेत्रलाई पूर्ण नियन्त्रित बनाउन संसदमा मिडिया काउन्सिल सम्बन्धि विधेयक दर्ता गरीएको भन्दै नेपाल प्रेस युनियन नुवाकोटले संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको कार्यक्रम बहिष्कार गरेको छ । 

आज आईतबार बिहान सदरमुकाम बिदुरस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम प्रेस युनियन नुवाकोट सम्बद्ध पत्रकारहरुले बहिष्कार गरेका हुन् । 

null

नेपाली प्रेसलाई पूर्ण नियन्त्रित गर्ने र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसदमा मिडिया काउन्सिल सम्बन्धि विधेयक दर्ता गरिएको र प्रेस विरोधी गतिविधिहरु नियन्त्रणमा सञ्चारमन्त्री बाँस्कोटा पूर्ण उदासीन रहेकाले विरोधस्वरुप मन्त्रीको कार्यक्रम बहिष्कार गरिएको प्रेस युनियन नुवाकोटका अध्यक्ष किरणप्रसाद अधिकारीले बताए । 

अधिकारीले मिडिया काउन्सिल बिधेयकको विरोधमा पत्रकार महासंघले सञ्चालन गरेको आन्दोलनका कार्यक्रम नुवाकोटमा प्रभावकारी रुपबाट सञ्चालन गर्न प्रेस युनियन प्रतिबद्ध रहेको समेत बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *