जापानमा विद्यार्थीमाथि चक्कुु प्रहार, ४ जनाको मृत्यु

 

जेठ १४, जापान । जापानको कावासाकी सहरमा आक्रमणकारीको चक्कु प्रहारबाट ४ जनाको मृत्यु भएको छ । 

स्कुल बस कुरिरहेका विद्यार्थीमाथि चक्कु प्रहार हुँदा दुई बालकसहित ४ जनाको मृत्यु भएको हो । 

null

उक्त आक्रमणबाट १६ जना बच्चाहरु घाइते भएका छन्। आक्रमणमा एक महिलाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोही घटनामा आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमणकारीले पक्राउ पर्नुअघि आफ्नो गर्धनमा चक्कु राखेर आत्महत्या गरेको प्रहरीकाे भनाइ छ । 

घटनास्थलबाट दुई थान चक्कु फेला परेको छ । आक्रमण किन र कसले गरायो त्यसको पुष्टि हुन सकेको छैन । 

 

उक्त क्षेत्रका प्रत्यक्षदर्शीका अनुसार बस पार्कमा एक व्यक्ति रगतले लतपतिएर घुमिरहेका थिए। ‘म यो क्षेत्रमा हुदाँ रगत लतपतिएको व्यक्ति र बच्चाहरु सडकमा भागदौड गर्दै थिए,’ एक प्रत्यक्षदर्शीले भने, ‘यो सधैं शान्त हुने क्षेत्रमा यस्तो दृश्य देख्नु आश्चर्यजनक थियो।’ 

सरकारी अधिकारीका अनुसार आक्रमणकारीले अचानक बस स्टपमा उभिएका मानिस र बच्चामाथि अन्धाधुन्ध चक्कु आक्रमण गरेका थिए। स्थानीय टेलिभिजनहरुले उक्त क्षेत्रमा आपतकालीन अवस्था अनुसार टेन्ट लगाएर घाइतेहरुको उपचार सुरु गरिएको जनाएका छन्। 

जापानमा यस्ता घटना कम हुने गर्दथे। तर २०१६ मा मानसिक रोगीहरुको उपचार गर्ने अस्पतालमा एक पूर्व कर्मचारीले १९ जना मानिसमाथि चक्कुले आक्रमण गरेका थिए। उनले त्यसबेला मानसिक बिरामीको अन्त्य हुनुपर्ने भन्दै आक्रमण गरेका थिए। 

२००८ मा एक व्यक्तिले टोकियोमा सडकमा हिँडिरहेका मानिसहरुमाथि ट्रक चढाएका थिए। उक्त हमलामा सात जनाको मृत्यु भएको थियो। बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *