ख्याल ख्यालैमा गयो एकको ज्यान

 

जेठ ५, धनकुटा । आइतबार बिहान धनकुटामा ख्याल ख्यालैको झगडामा परी एक २२ वर्षिय युवकले ज्यान गएको छ । 

धनकुटाको महालक्ष्मी–२ मारेकस्थित माझगाउँमा २५ वर्षीय घनेन्द्र होहङवा लिम्बुले मादक पदार्थ सेवनगरी सामान्य विवाद हुँदा २२ वर्षीय सन्तोष थम्फरा लिम्बुलाई छुरा प्रहार गर्दा सन्तोषको मृत्यु भएको हो । 

null

लिम्बु समुदायमा मादक पदार्थ सेवनपछि सामान्य विवाद हुँदा यसरी हुने प्रहारलाई सामान्यरुपमै लिने गरिन्छ र रक्सीको बोतल राखेर ती दुई व्यक्तिबिच एकआपसमा मिलाप गर्ने चलन रहेको छ । जसलाई लिम्बु समुदायले ख्याल ख्यालमा चार इञ्ची ! भन्ने चलन रहेको छ । 

तर मादव पदार्थ सेवन गरी यी दुईबिच सामान्य विवाद हुँदा ख्याल ख्यालैमा घनेन्द्रले हानेको छुराबाट सन्तोषको घटना स्थलमै मृत्यु भएको हो । सन्तोषको मृत्यु भएपछी छुरा प्रहार गर्ने घनेन्द्रलाई छुरा सहित नियन्त्रणमा लिई सकेको प्रहरी चौकी मारेक कटहरे र जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *