मतपरिणाम नआउँदै मोदीलाई ओलीको फोन

 

जेठ ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर बधाई दिएका छन् । 

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन बाट जितका लागि बधाइ र कार्यकाल सफलताको शुभकामना दिएको मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिएका हुन् । प्रम ओलीले चुनावको परिणाम नआउँदै बधाई दिएका हुन् । 

null

विष्णु रिमालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘प्रम ओलीले भारतीय प्रम नरेन्द्र मोदी जीलाई फोन गर्नुभयो । सम्पन्न आम निर्वाचनमा प्राप्त सफलताको लागि बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो।’ 

प्रम ओली @kpsharmaoli लेभारतीय प्रम @narendramodi जीलाई फोन गर्नु भयो।सम्पन्न आम निर्वाचनमा प्राप्त सफलताको लागि बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भयो। @PMOIndia 

प्रधानमन्त्री ओलीले यसअघि पनि सामाजिक सञ्जालमार्फत् मोदीलाई बधाई दिएका थिए । 

भारतमा जारी १७ औं लोकसभा निर्वाचनको हालसम्मको मतगणनाले फेरि मोदी सरकार फर्किने तय गरिसकेको छ । 

भारतको इतिहासमा पहिलो पटक बहुमतका साथ कुनै गैर–कांग्रेस दलको सत्ता फर्किन लागेको हो । भारतमा बहुमतका साथ लगातार दोस्रो पटक कुनै पार्टी सरकार बनाउने स्थितिमा आएको यो पहिलो पटक हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *