असन्तुष्ट पक्षको आरोपः बाबुरामले लोकतन्त्रको खिल्ली उडाए

 

बैशाख २६, काठमाडौं । पार्टी एकता सम्मानजनक नभएको भन्दै असन्तुष्ट बनेका नेताहरुले डा. बाबुराम भट्टराईलाई ५ बुँदे ज्ञापनपत्र बुझाएका छन् । 

संघीय समाजादी फोरम र नयाँ शक्ति मिलेर बनेको समाजवादी पार्टीको केन्द्रीय पदाधिकारी समितिमा नपरेको भन्दै असन्तुष्टि जनाएका नेताहरुले बिहीबार पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुरामलाई ५ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । 

null

उनीहरुले पार्टी एकिकरण जस्तो महत्वपूर्ण कार्यको मूल दस्तावेज केन्द्रिय समितिमा अध्ययन तथा छलफल नगराइएको, लोकतन्त्रको खिल्ली उडाएको, विभेदपूर्ण चरित्र देखाएको लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । 

पत्र बुझ्दै अध्यक्ष भट्टराईले तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गर्नु बाध्यता भएको बताए । वैकल्पिक राजनीतिक शक्तिलाई अझै सशक्त बनाउन पार्टी एकीकरण गरिएको उनको भनाइ छ । 

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *