‘मधेसमा जन्मेकाले भारतीय हुनुपर्ने ?’

 

बैशाख २३, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले लोकतन्त्र आउँदा पनि जनता, राज्य निरंकुशताबाट मुक्त हुन नसकेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । 

बैठकमा उनले भने, ‘नीति तथा कार्यक्रममा हाम्रो लागि केही छैन । त्यसमा नयाँपन पनि छैन । सिस्टम परिवर्तन भएको छ तर राज्य पहिले भन्दा बढी निरंकुश देखिएको छ ।’ 

null

यस्तै उनले सारा कानुनी अधिकारहरु प्रधानमन्त्री कार्यालयमा केन्द्रित भएको आरोप लगाए । उनले भने, ‘पहिले सिंहदरबारलाई निरंकुशताको प्रतीक मानिन्थ्यो । अहिले सिंहदरबार निरंकुशताको जिवित रुपमा देखा परिरहेको छ । सारा अधिकारहरु प्रधानमन्त्री कार्यालयमा केन्द्रित भइरहेको छ ।’ 

लोकतन्त्रमा पनि अधिकारको माग गर्दा, न्यायको माग गर्दा गोली खाने अवस्था रहेको राजपा सदस्य ठाकुरको भनाइ छ । 

छलफलमा नागरिकताको प्रसंग उठाउँदै उनले भने, ‘मधेसी जनतालाई राज्यले जहिले पनि विभेद गरेको छ । समानताको कुरा गरिन्छ, तर मधेसीमाथि विभेद भएको छ । मधेसी जनताले नागरिकता लिन जाँदा भारतीयले लिए भनेर प्रचार गरिएको छ । त्यसैले हामीले यो संविधान संशोधन गर्न माग गरिरहेका छौँ ।’ मधेसीले नागरिकता लिन नहुने हो ? मधेसमा जन्मेकाले भारतीय हुनुपर्ने ? भन्दै उनले संसदमा प्रश्न गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *