एलआईसी नेपालको अध्यक्षमा एम.आर. कुमार नियुक्त

 

जेठ ७, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको अध्यक्षमा एमआर कुमार नियुक्त भएका छन् । 

लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले ०७६ जेठ २ गतेदेखि लागु हुने गरी बीमकको सञ्चालक समितिको अध्यक्षमा एमआर कुमारलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

null

नवनियुक्त अध्यक्ष एमआर एलआईसी अफ इण्डियाका वर्तमान अध्यक्ष हुन् । एलआईसी अफ इण्डियाको अध्यक्ष नै एलआईसी नेपालमा पनि सञ्चालक समितिको अध्यक्ष रहने परिपाटी रहेको छ । 

एमआरसँग ३६ बर्षभन्दा बढी लामो जीवन बीमा क्षेत्रको अनुभव रहेको छ । उनले एलआईसी अफ इण्डियामा सन् १९८३ मा अधिकृतस्तरबाट सेवा शुरु गरेका थिए । 

यसअघि हेमन्त भार्गवले अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएको प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *