नेपाली ब्राण्डको भाँडाकुडा अब धरानमा नै पाईने  

बैशाख २०, धरान ।  धराने जनताको हरेक दिनको घरायसी अवस्थालाई मध्यनजर गरी धरानका व्यापारीद्धय रोजी ताम्रकार र सुरेश ताम्रकारद्धारा स्वदेशी ब्राण्डका जय शम्भो भाँडा पसल सञ्चालनमा ल्याएका छन । 

 

धरान ७ शान्ती पथ स्थित पहिला रहेको हाम्रो खाद्यन्य गोदाम भएकै भवनमा सो पसल सञ्चालनमा ल्याएको हो । जय शम्भु भाँडा पसल नाम दिईएको सो पसलमा धराने ग्राहकका अलावा १ नं प्रदेश बासीलाई लक्षित गरी दैनिक जिवनमा प्रयोग हुने घरायसी सामानहरुको होलसेल तथा खुद्रा बिक्रेताको रुपमा समेत घरायसी सामानहरु पाईने पसलका सञ्चालिका रोजी ताम्रकारले बताइन् । 

null

 

जहाँ हरेक नेपालीलाई नेपालकै र अन्य बिदेशी भाडाकुडा जस्ता सामानहरुको बिक्रि बितरण हुनेछ । करिब १ करोडको लगानीमा सञ्चालनमा ल्याएको सो पसलमा भाँडाकुडाहरु उत्पादन गर्नुदेखी लिएर पसलमा बेच्ने सम्मको कार्यमा गरी करिब १५ जनाले रोजगारी समेत पाएको अर्का सञ्चालक सुरेश ताम्रकारले जानकरी दिए । 

सो पसलको बिहिबार एक कार्यक्रमका बीच पसलकी सञ्चालिका रोजी ताम्रकार, सुरेश ताम्रकार लगायतका ब्यक्तीत्वहरुले रिबन काटेर उद्घाटन गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *