तीन दिनको मौसमः हावाहुरीसहित मेघ गर्जनको सम्भावना

काठमाडौं, १० जेठ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबारबाट तीन दिनको मुलुकको मौसमको अवस्थाबारे जानकारी गराएको छ । शुक्रबार देशको पहाडी भूभागहरूमा आंशिक बदलि रही अपरान्ह सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलि रही देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ । 

जेष्ठ ११ गते (शनिबार)दिउँसोः देशका अधिकांश भूभागमा आंशिक बदलि रहेता पनि अपरान्ह पछि सामान्य बदलि भई देशको पूर्वी भू–भागका केही स्थानहरुमा र पश्चिमि र मध्य भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।रातिः देशका पहाडी भू–भागमा आंसिक बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ र बाँकी भूभागमा सामान्य तय सफा मौसम सफा रहने देखिन्छ । 

null

जेष्ठ १२ गते (आइतबार)दिउँसोः देशका पहाडी भू–भागमा आंसिक बदली रही थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने देखिन्छ ।रातिः देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई देशको पूर्वी भू–भागका केही स्थानहरुमा र पश्चिमि तथा मध्य भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ । बाँकी स्थानहरुमा आंशिक बदलि रहने देखिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *