बालकको मृत्युपछि होहल्ला गर्ने छ पक्राउ
मकालु खबर
२०७६ जेठ १७ गते
जेठ १७, भरतपुर । भरतपुर अस्पतालमा उपचारका क्रममा बालकको मृत्युपछि होहल्ला गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मृत्यु हुनेमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–५ बस्ने प्रकाश बस्नेतका १४ महीनाका छोरा रहेका छन् ।
निमोनियका कारण उपचारका लागि जेठ १४ गते भरतपुर अस्पताल ल्याइएका बालकको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको थियो ।
null
बालकले आमाको दूध खाने समयमा दूध सर्किएर मृत्यु भएको अस्पतालले जनाएको छ । बालकको मृत्युपछि बालकका आफन्त र सर्वसाधारण चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित बनेका थिए ।
आक्रोशित भीडलाई नियन्त्रणमा लिने क्रममा बिहीबार साँझ प्रहरीले सामाजिक अभियन्ता अर्जुन भुसालसहित छ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । रासस
मकालु खबर
२०७६ जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित