नेपाल जेसिजको क्षेत्र ग सम्मेलन तयारी पुरा

बैशाख २७, नुवाकोट । नुवाकोट जेसिजको आतिथ्यतामा सुरु हुन लागेको क्षेत्र ग सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको छ । शुक्रवार ११ः ३० वाट उद्धघाटन हुने सम्मेलनको सम्पुर्ण तयारी पुराभएको नुवाकोट जेसिजले वताएको हो । 

 

सम्मेलनमा सहभागी हुन आउने जेसीज शाखा अध्यक्ष तथा सदस्यहरुलाई स्वागतको लागि नुवाकोट जेसीज तयारी अवस्थामा रहेको जनाईएको छ । नेपाल जेसिजको क्षेत्र ग सम्मेलन नुवाकोट जेसिजको आतिथ्यतामा वैशाख २७ र २८ गते नुवाकोटको विदुर नगरपालिका २ बटार स्थित कबड हलमा हुन गइरहेको छ । 

null

उक्त सम्मेलनमा सहभागी क्षेत्र ग का ३५ वटा शाखा लगायत नेपालभरका धेरै शाखाहरुवाट झण्डै ५०० जनाकोे उपस्थितिमा सम्मेलन हुने नुवाकोट जेसिज वर्ष २०१९ का अध्यक्ष दुर्गाराज पाठकले वताए । नुवाकोटको एतिहाँसिक साततले दरबार, भैरबि मन्दिर, जालपादेबि मन्दिर, डि सिल्ड ट्याङिक लगायतका स्थानहरुको महत्व र स्थानिय पर्यटन र आन्तरिक पर्यटन प्रबद्धनमा सहयोग पुग्ने बिस्वास लिएको अध्यक्ष पाठकले वताए । 

 

उनले भने, ‘अहिले सम्मकै उत्कृष्ट सम्मेलन नुवाकोटमा हुनेछ । सबै डिजिटल प्रबिधिबाट गर्दैछौँ ,अनाबश्यक कुराहरु र भड्किलो किसिमका कार्यक्रमहरुलाई हटाएका छौँ,स्वच्छ, सरल र ब्यबस्थित कार्यक्रम नुवाकोटमा सम्पन्न हुनेछ । ’ 

आतिथ्यता गर्ने शाखा नुवाकोट जेसिजमा कार्यक्रमको पुर्वतयारीको जानकारी लिन गएका निरुपित राष्ट्रिय उपाध्यक्ष मोहन डाँगीले साखाले आफ्नो सम्पुर्ण कार्यहरु र पाहुनाको लागि होटेल तथा अन्य सवै विषय वस्तुहरुकोे तयारी भईसकेको वताए । 

ब्यवस्थापनको पाटो जटिल छ ,तर यहि सम्मेलनबाट नुवाकोटले ठुलो फाईदा लिन सक्छ ,त्यो नै नुवाकोट जेसिजको सफलता हो साखाका सम्मेलन निर्देशक सुर्जित भण्डारीले वताए । राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अमिस ढकालले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि व्यवस्थापन पाटो निकै चुस्त पारिएको जानकारी दिए । 

 

त्रिभुवन राजमार्गको गल्छीवाट झण्डै २३ कि मी को दुरीमा रहेको नुवाकोटको ऐतिहासिक तथा धार्मिक रुपमा महत्वपुर्ण ठाउ रहेकोले नेपाल वाट उल्लेखिय रुपमा सहभागिता रहनेछ । सम्मेलनलाई कुनैपनि प्रकारले कमी हुन नदिने र आफु आतिथ्यताको लागि आतुर रहेको नुवाकोट जेसिजले वताएको छ । 

सम्मेलनमा विभिन्न कार्यपत्र छलफल तथा जिसिज अभियान माफत समाजिक रुपान्तरण, दिगो विकास, ग्रामिण सशक्तिकरण लगायतको विषयमा छलफल हुने आयोजकले वताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *