ट्रिपर खोलामा खस्दा लीलाबहादुर सार्की र २५ वर्षीय ‘माइलो’ को मृत्यु

 

                                                                                        फाइल तस्विर 

जेठ ५, उदयपुर । उदयपुरमा आइतबार ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

null

उदयपुरको कटारी नगरपालिका–१४ घुर्मी–कटारी सडकखण्डको लामीडाँडा भन्ने स्थानमा ब्याक गर्ने क्रममा बिहान ५ः४५ बजेको समयमा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा ट्रिपरका सहचालक सिन्धुली दुधौली नगरपालिका–११ बस्ने २० वर्षीय लीलाबहादुर सार्की र ट्रिपरमा सवार कटारी नगरपालिका–५ भोर्ले बस्ने तत्काल  ‘माइलो’ भनेर चिनिने अन्दाजी वर्ष २५ वर्षीय एक पुरुष रहेका छन् । उनकाे नामथर खुलेकाे छैन । 

मिर्चैयाबाट सोलु हाइड्रोपावरको लागि सिमेन्ट बोकेर जाँदै गरेको मुस्कान कम्पनीको बा४ख ७००० नम्बरको ट्रिपर ब्याक गर्ने क्रममा सडकदेखि अन्दाजी १५ सय मिटर तल दादुरा खोला खसेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। 

ट्रिपर चालक सिन्धुली दुधौली नगरपालिका–११ बस्ने ४० वर्षीय हर्कबहादुर सार्की प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *