थाइल्याण्डका राजाले मात्र हाेइन यी शासकहरूले पनि गरेका थिए साधारण युवतीसँग विवाह

बैशाख २२ ।  केही दिन अघि मात्रै थाइल्याण्डका राजाले आफ्ना अंगरक्षक सुथिदासँग विवाह गरेका छन् । सुथिदा पहिले विमान परिचारिकाको रुपमा काम गर्थिन् । यो विवाहको संसारभरी निकै चर्चा भयो । यद्यपी, कुनै शासकले साधारण महिलालाई विवाह गरेको यो पहिलो घटना भने होइन । यसअघि थुप्रै राजाको विवाह चर्चाको विषय बनिसकेको छ । 

 

ब्रुनईका राजाले गरेका थिए मरियमसँग विवाहः 

null

ब्रुनईका राजाकी पूर्व श्रीमती मरियम अजिज पहिले ब्रुनई एयरलाइन्सकी विमान परिचारिका थिइन् । सन् १९८२ मा मरियमको विवाह राजासँग भएको थियो र सन् २००३ मा दुबैको सम्बन्धविच्छेद पनि भयो । यो सम्बन्धविच्छेदलाई संसारको सबैभन्दा महँगो सम्बन्धविच्छेद मानिन्छ । 

 

स्विडेनकी रानी बनेकी सिल्भिया पनि थिइन् साधारण महिलाः 

स्विडेनको सबैभन्दा धेरै समयसम्म रानी बनेको रेकर्ड राख्ने सिल्विया रिनेट समरलाथलाई जब स्विडेनका युवराजले आफ्नो जीवन संगिनी बनाउने निर्णय गरे, त्यतिबेला उनी एक साधारण महिला थिइन् । राजकीय परम्पराभन्दा भिन्न यो सम्बन्धको निकै चर्चा भएको थियो । कार्ल ह्ख्क्ष् गुस्ताफले सन् १९७६ जून १९ मा स्टकहोम क्याथड्रेलमा विवाह गरेका थिए । रानी बन्नुअघि सिल्भिया जर्मन एयरलाइन्सकी विमान परिचारिका थिइन् । 

 

क्विन नूर जोर्डनः 

जोर्डनकी रानी नूर–अल हुसैन पहलो अमेरिकी मूलकी महिला हुन् जो जोर्डनको राजघरानाकी सदस्य बनिन् । रानी आलियाको अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन मौकामा उनको राजा हुसैनसँग भेट भयो । दोस्ती प्रेममा परिवर्तन भयो र दुबैले सन् १९७८ मा विवाह गरे । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *