बिहेमा जाँदै गरेको जिप दुर्घटना हुँदा पत्रकार सहित तीन घाइते

बैशाख २४, कञ्चनपुर । धनगढीबाट विवाहको लागि जाँदै गरेको युपी ३१ पि ७९७५ नम्बरको जिप कञ्चनपुरमा दुर्घटना हुँदा पत्रकार सहित ३ जना घाईते भएका छन् । 

 

९ जना यात्रु बाेकेकाे उक्त जिपमा अन्नपूर्ण पोष्ट र एपिवान टेलिभिजनका सुदूरपश्चिम ब्यूरो प्रमुख शिवराज भट्ट र उनकी श्रीमती दुर्गासहित ३ जना घाइते भएका छन् भने अन्य सकुशल  रहेका छन् । 

null

घाइतेहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कञ्चनपुरको बैलौरी जाँदै गरेको उक्त जिप अगाडीको चक्का पन्चर भएर दुर्घनाग्रस्त भएको प्रहरीले जनाएकाे छ ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *