तातोपानी सुख्खा बन्दरगाह नेपाललाई हस्तान्तरण गर्ने चीनको तयारी

 

बैशाख २७, काठमाडौं । चीनले तातोपानी नाकाको यार्चा भोटेकोशी नदी किनारामा बनाइरहेको सुख्खा बन्दरगाह तत्कालै नेपाल सरकारलाई हस्तारण गर्दैछ । 

भूकम्प र नाकाबन्दीपछि अन्योलमा परेको उक्त बन्दरगाहको काम चीन सरकारले द्रुत गतिका साथ काम अगाडी बढाएपछि बन्दरगाह निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

null

कुल ४.२ हेक्टर क्षेत्रफलको बन्दरगाहमा बैंक, पशु तथा क्वारेन्टाइन कार्यालयका साथै ६० देखि सय मेट्रिन क्षमता बराबरको तौल गर्न सक्ने मेसिन पनि राखिएको छ । १ सय ५७ वटा कन्टेनर र करिब २३ वटा जति कार अट्ने इन्टरमोडल पनि तयार पारिएको यातायात विकास समितिका कार्यकारी निर्देशक एवं उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिए । 

तातोपानी नाकाको पुल भत्किएपछि त्यहाँको व्यापार व्यवसाय चौपट भएको थियो । अहिले नाका सुचारुका साथै पक्की मोटरेबल पुल बनेपछि स्थानीय र व्यापारीहरू खुशी भएका छन् । 

सो बन्दरगाह ३० महिनामा काम सक्ने गरी ०७० साल पुस ५ गते शिलान्यास गरिएको थियो । तर भूकम्प, नाकाबन्दी र भोटेकोशीमा आएको बाढीले अवरोध सिर्जना गरेपछि निर्माण कार्य ढिलो भएको हो । 

नेपालगञ्ज, विराटनगरलगायत अन्य ठाउँमा भएका बन्दरगाह भन्दा यो बन्दरगाह काठमाडौंबाट छिट्टै पुग्न सकिन्छ । 

चिनियाँ पक्षले बनाइदिएको उक्त बन्दरगाह तातोपानी नाकाभन्दा करिब ६ किलोमिटर तल बनेको छ ।आगामी जेठ ६ गते सुख्खा बन्दरगाह नेपाललाई हस्तान्तरण गर्नै चिनियाँ पक्षकाे तयारी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *