पहिलोपटक नरेन्द्र मोदी र इमरान खानबीच सिधा कुराकानी

 

जेठ १३ ।  गत १४ फेब्रुअरीमा भारत प्रशासित कश्मिरको पुलवामामा सुरक्षाबलमाथि चरमपन्थी हमला र त्यसपछि भारतीय वायुसेनाद्वारा बालाकोटमा गरिएको एयरस्ट्राइकपछि पहिलोपटक भारतीय र पाकिस्तानी प्रधानमन्त्रीबीच आइतबार सिधा कुराकानी भयो । 

भारतीय र पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी बयानमा आइतबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनमार्फत् लोकसभा चुनावमा उनको जीतलाई बधाई दिए । 

null

भारतीय विदेश मन्त्रालयले आफ्नो बयानमा भनेको छ, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्रीसँग क्षेत्रीय शान्ति र विकासका लागि आतंकवादको समाप्तिका लागि लड्नुपर्ने कुरामा जोड दिए । ’ 

बयानका अनुसार मोदीले भने, ‘हाम्रो क्षेत्रमा शान्ति, प्रगति र समृद्धिका लागि विश्वास स्थापित गर्नुका साथै हिंसा र आतंकवादमुक्त वातावरण बनाउन आवश्यक छ ।’ 

यस्तै, पाकिस्तानी विदेश मन्त्रालयले आफ्नो बयानमा भनेको छ, ‘टेलिफोन संवादको क्रममा इमरान खानले भारतीय प्रधानमन्त्रीसँग दक्षिण एशियामा शान्ति, विकास र आपसी सहयोगको आफ्नो बचन दोहोराए ।’ 

इमरान खानले आफू भारतीय प्रधानमन्त्रीसँग यी मुद्दामाथि काम गर्नका लागि उत्साहित भएको बताए । 

 

सन् २०१४ मा शपथ ग्रहणमा नवाज शरिफः 

पुलवामा हमलापछि भारत र पाकिस्तानबीचको सम्बन्ध निकै तनावपूर्ण छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो पटक लोकसभा चुनावमा जित हाँसिल गरेका छन् जबकी सन् २०१४ मा चुनाव जितेपछि आफ्नो शपथ ग्रहण समारोहमा उनले दक्षिण एशियाली देशका राष्ट्र प्रमुखलाई निमन्त्रणा दिएका थिए । 

उक्त शपथ ग्रहण समारोहमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरिफ पनि संलग्न थिए । यसपटक प्रधानमन्त्री नरेन्द्र मोदी शपथ ग्रहण कार्यक्रम मे ३० तारिखमा छ । 

यसपटक उनी कुन देशका राष्ट्र प्रमुखलाई शपथ ग्रहण कार्यक्रममा बोलाउनेछन् त्यो अहिलेसम्म निश्चित भइसकेको छैन । भारतीय विदेश मन्त्रालयले आफ्नो बयानमा मोदीलाई नेपालबाट माधव कुमार नेपालले पनि फोन गरेको जानकारी दिएको छ । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *