कालाेपुल एसिड काण्डः आफ्नै श्रीमानद्वारा जेनीमाथि एसिड प्रहार (अपडेट)

 

जेठ १, काठमाडौं । कालोपुलमा २० वर्षिय युवतीमाथि एसिड आक्रमण गरेको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । एसिड हान्ने ब्यक्ति काभ्रेपलान्चोक जिल्लाका विष्णु भुजेल रहेको प्रहरीले जनाएको छ । भुजेल युवतीका श्रीमान भएको समेत बताईएको छ । उनीहरुको ३ वर्षको छोरा समेत रहेको बताइएको छ । एसिड हान्ने भुजेललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । 

एसिड आक्रमणमा परेकी युवतीलाई फेक्ट अस्पताल रिफर गरिएको छ । चाबहिलस्थित ओम अस्पतालमा थप उपचार हुन नसकेपछि २० वर्षिय जेनी खड्कालाई कीर्तिपुर स्थित फेक्ट अस्पतालमा रिफर गरिएको हो । 

null

युवतीको शरीरका विभिन्न भाग जलेकाले ओम अस्पतालबाट फेक्ट रिफर गरिएको बताइएको छ । बुधबार साँझ काठमाडौंको कालोपुलमा उनी माथी एसिड प्रहार भएको थियो । के कारणले एसिड प्रहार भयो भन्नेबारे खुल्न सकेको छैन । 

 

घटनास्थलमा पाेखिएकाे एसिड, तस्वीरः श्याम सुन्द्र पुडासैनी, मकालु खबर 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *