सरकार असहिष्णु, प्रहरी पूर्वाग्राहीः काँग्रेस

बैशाख १९, धरान । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसप्रति सरकार असहिष्णु रहेको र प्रहरी प्रशासन पूर्वाग्राही रहेको काँग्रेसले आरोप लगाएको छ । 

 

नेपाली काँग्रेस सुनसरीका सभापति तथा प्रदेश नं. १ का काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाको अध्यक्षतामा बसेको बैठकले यस्तो आरोप लगाएको सुनसरी पार्टी सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले बताए । 

null

तीनै तहका सरकारले प्रतिपक्षीसँग संविधान, कानुन, विधि–विधान, लोकतान्त्रिक मूल्य–मान्यता र परम्परा अनुसार आवश्यक सरसल्लाह र समन्वय गरी अघि बढ्नुपर्नेमा निषेधको राजनीति गर्ने गरेको र प्रहरी प्रशासनले समेत नेपाली काँग्रेसका कार्यकर्ताहरुप्रति पूर्वाग्राही व्यवहार गर्ने गरेको उनले बताए । 

देश, जनता र दलहरुप्रति सरकारको गैरजिम्मेवारपन र हेपाहा प्रवृत्ति दिनानुदिन बढ्दै गएको र प्रहरी प्रशासनले तटस्थ भूमिका निर्वाह नगर्ने गरेकाले यस्तो निर्णय गर्नु परेको उनले प्रष्ट्याए । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *