शिक्षालाई वैज्ञानिक रुपमा रुपान्तरण गर्न अन्तरक्रिया गर्दै ११ विद्यार्थी संगठन

बैशाख २७, काठमाडौं । शैक्षिक परिवर्तनका लागि सरकारविरुद्ध उत्रिएका विपक्षी दलका ११ विद्यार्थी संगठनले नेपालको शिक्षालाई वैज्ञानिक रुपमा रुपान्तरण गर्न अन्तरक्रिया गर्ने भएका छन् । 

जेष्ठ ११ गते प्रज्ञा भवनमा आयोजना गरिने अन्तरक्रियामा नेपालको अनुसन्धान र आविस्कारका बारेमा बृहत् छलफल गरिने नेविसंघ आरआर इकाईका सचिव अनुराग शाहले जानकारी दिए । 

अन्तरक्रियाबारे जानकारी गराउन युनियन हाउस अनामनगरमा शुक्रबार गरिएको पत्रकार सम्मेलनमा विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने लाइसेन्स जस्तो भएको बताए । उनले भने, ‘शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि प्राविधिक शिक्षालाई ग्रामिण भेगका सामुदायिक क्याम्पसको पहुँचमा पुर्याउनुपर्छ ।’ 

null

पूर्व उपाध्यक्ष शाहले पर्यटनलाई उद्योगको रुपमा विकास गर्न सबैले कुरा उठाए पनि त्यतातिर कसैले ध्यान नदिएको भन्दै साँच्चिकै उद्योगको रुपमा विकास गर्न नेपालमा पर्यटन विश्वविद्यालयको स्थापना गर्नुपर्ने जिकिर गरे । 

भ्रष्टाचार गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई वर्षौँदेखि भ्रष्टाचारमा लिप्त भएका कर्मचारीहरुलाई त्यसको जिम्मा नलगाइ खुल्ला प्रतिस्पर्धाबाट युवाहरूलाई स्थान दिनुपर्ने शाहको भनाइ छ । 

पत्रकार सम्मेलनमामा अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (पाँचौँ), नयाँ शक्ति विद्यार्थी युनियन, अखिल नेपाल विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, समाजवादी विद्यार्थी फोरम, राष्ट्रवादी विद्यार्थी संघ, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागीता रहेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *