प्रिबजेट छलफलमा सुझाव राख्दै सांसदहरु (LIVE)

 

बैशाख ३०, काठमाडौं । संघीय संसदका दुवै सदनको बैठकमा आर्थिक वर्ष २०७६/०७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल सुरु भएको छ । 

संघीय संसदका दुवै सदनको बैठकमा आज ११ बजेदखि छलफल सुरु भएको हो । 

null

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आगामी आर्थिक वर्षको वार्षिक बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले सुझाव तथा धारणा राख्ने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । 

शुक्रबार र आइतबार भएको छलफलमा सहभागी सत्तापक्षका सांसदहरुले नीति तथा कार्यक्रम राम्रे भएकाे धारणा राखेका थिए भने विपक्षी दलका सांसदहरुले चित्तबुझ्दो नभएको भन्दै टिप्पणी गरेका थिए ।  

सरकारको नीति तथा कार्यक्रम बैशाख २४ गते नै बहुमतले पारित भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । 

हरेक वर्षको जेठ १५ गते सरकारले विनियोजन विधेयक संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसको १५ दिन अगावै प्रिबजेटबारे छलफल भइसक्नुपर्ने व्यवस्था छ । 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *