समाजलाई दुर्घन्धित बनाउने हरेक क्यान्सरलाई जरै देखि उल्मुलन गर्छु: काठमाडौं प्रहरी प्रमुख सुवेदी

काठमाडौं, ४ जेठ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले समाजलाई दुर्घन्धित बनाउने हरेक क्यान्सरलाई जरै देखि उल्मुलन गर्ने बताएका छन् । सामुदायिक प्रहरी साझेदारी चन्द्रागिरी पालिका समितिको आयोजनामा सञ्चालित स्थानीय र प्रहरी बिच छलफल तथा अन्तक्रिर्या कार्यक्रममा बोल्दै काठमाडौं प्रमुख सुवेदीले काठमाडौंमा गुडागर्दि, लागुऔषध कारोवारी, बिचौलिया, चोरी ठगी विरुद्ध कडा रूपमा प्रस्तुत हुने बताएका हुन् । 

उनले भने, प्रहरी समाजको विकृति न्युनिकरण गर्ने घर देखि सुरू गर्नुपर्छ । अहिलेको मुख चुनौती भनेकै सामाजिक विकृति हो । सबै एकिकृत भएर समाजलाई सव्य र शान्ति बनाउनु पर्छ । विधालय आधारितमा कार्यक्रम लागू गर्नु पर्यो । हाम्रो नारा भनेकै सव्य समाज, शान्ति समाज हाम्रो चाहना हो । काठमाडौं प्रहरी प्रमुख सुवेदीले ‘विश्वका अरु देशको राजधानीभन्दा नेपालको राजधानी काठमाडौं आपराधिक क्रियाकलाप कम हुने राजधानीमा पर्छ, यो सन्देश विश्वमा लैजानु जरुरी छ,’उनले भने । 

समुदायसँग सहकार्य गरेर शान्तिपूर्ण समाज निर्माण गर्न काठमाडौं प्रहरी लाग्ने उनको भनाइ छ । चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरी  भित्र देखिएको विकृति अन्त्यका लागि सबैसँग छलफल गरेर अगाडि बढ्ने बताए । उनले समाजलाई भय रहित सव्य शान्ति समाज निर्माणकार्यमा आम नागरिक र स्थानीय निकाय बिच समन्वयात्मक भुमिका रहने चर्चा गरे । 

null

कार्यक्रममा महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्का क्षेत्रीले शान्त, सुरक्षित र सभ्य समाज निर्माणका लागि नेपाल प्रहरी र आम नागरिकको उत्तिकै भूमिका रहेको बताए । “व्यक्तिलाई समाजले नै अपराधी बनाउने भन्दै राम्रो समाज निर्माण गर्नसके अपराधमा कमी आउँछ,”–उनले भने । 

कार्यक्रम चन्द्रागिरी नगरपालिका नगर प्रर्वत्ता हरि भक्त महर्जनले  सामाजिक विकृतिका कारण समाजमा अपराध बढेको भन्दै यसको न्यूनीकरणका लागि प्रहरीसँग समुदायको हातेमालो आवश्यक रहेको उल्लेख गरे । 

कार्यक्रम सहभागी स्थानीयहरूले  पछिल्लो समय लेनदेन, ठगी र बलात्कारका घटना बढेको भन्दै उक्त घटना न्यूनीकरणका लागि प्रहरीले कानूनी कठोरताका साथ काम गर्नु पर्ने,  समाजमा हुने विकृति, विसंगती र अपराध नियन्त्रण गर्न स्थानीय सरकारले नेपाल प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्नु पर्ने लगायतका सुझाव प्रस्तुत गरेका थिए । 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *