‘सरकारले मेलम्चीको पानी होइन, हावामात्रै खुवायो’

 

जेठ ५, काठमाडौं । पाँच वर्षमा सम्पन्न गरिसक्नुपर्ने मेलम्ची खानेपानी आयोजना २० वर्षसम्म पनि पुरा गर्न नसकेको भन्दै श्याम ज्यापुले सरकारको कडा आलोचना गरेका छन् । 

उनले सरकारले पटक–पटक आफूहरुलाई पानी आउँछ भनेर आश्वासन मात्र दिइरहेको तर आयोजनाको काम अझै अनिश्चित् पार्दे गएकोमा आक्रोश पोखे । 

null

ललितपुर जावालाखेलका स्थायी बासिन्दा श्यामले प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ को दशैं अगाडि नै काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याइसक्ने बताए पनि अहिलेसम्म आयोजनाको काम सम्पन्न हुने छाँटकाँट नदेखिएको आरोप लगाए । 

सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै आएका उनले विरोध स्वरुप २०७५ को घटस्थापना पछि दैनिक जसोे आफ्नो मोटरसाईकलको पछाडी ‘म बौलाहा हुँ, मेरो घरको यस धारमा मेलम्चीको पानी कहिले आउँछ ? मेरो नेपाल । हाम्रो गौरव’को ब्यानर राखेर हिँड्ने गरेकोे पनि सुनाए । 

उनले सरकारको काम कारवाहीप्रति असुन्तुष्टि जनाउँदै २०७६ को असारभित्र पनि मेलम्चीको पानी आउने अवस्था नदेखे सरकारले गर्नुपर्ने काम आफूले भिख मागेर भएपनि सम्पन्न गरी काठमाडौंमा पानी ल्याउने घोषणा समेत गरे । 

ठेकेदार कम्पनी र सरकारकोे बिचमा बेला–बेला उत्पन्न भएको समस्याले आफूजस्ता लाखाैँ जनता पीडा बोकेर हिँड्नुपरेको उनको भनाइ छ । कहिले मेलम्चीको ठेकेदार काम नै प्रभावित पारेर गएको र कहिले सिएमसीसँगको बिषयले सरकारले काम हुन नसकेको कारण देखाउँदै आफुहरुको आँखामा छारो हाल्ने काम गरिरहेको उनको आरोप थियो । 

२० वर्षमा १३ जना प्रधानमन्त्रीले १९ पटक सरकार प्रमुखको जिम्मेवारी पाइसक्दा पनि काठमाडौंबासीको काकाकुल मेट्न नसकेकोे उनको भनाइ छ । ‘के एउटा आयोजना सफल गर्नसक्ने सक्षम प्रधानमन्त्री देशले अहिलेसम्म नपाएकै हो त ? अहिलेसम्मका सरकार प्रमुखले चाहेको भए एउटा योजना सफल बनाउन कति समय लाग्छ ?’ उनले प्रश्न राखे । 

आफूजस्तै लाखौं घर परिवार अहिले पनि ट्यांकरको पानीमा निर्भर रहँदै आएको बताउँदै उनले सरकारले मेलम्चीको बिषयमा विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे । 

पानीको पाईप बिच्छ्याउने निहुँमा सरकारले बनेको बाटोमात्र तोडेर धुलाम्मे पारिरहेको तर पाईपबाट पानी नआएर सरकारले जनतालाई हावा खुवाइरहेको उनको आरोप छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *