बर्ड फ्लू के हाे ? यसका लक्षण र बच्ने उपायहरू यस प्रकार छन्

बैशाख २०, काठमाडाैँ ।  बर्ड फ्लू भन्नाले एभियन इन्फ्लूएञ्जा वा एभियन फ्लू भन्ने बुझिन्छ । यो रोग चराका प्रजातिबाट फैलिने गर्दछ । संक्रमित वा मरेको कुखुराको सम्पर्कमा रहँदा मानिसलाई सर्ने खतरा हुन्छ । यही रोग मानिसमा सर्दा पनि यसलाई बर्ड फ्लू नै भनिन्छ । बर्ड फ्लूमा एच फाइभ एन वान नामक भाइरस हुने गर्दछ । 

 

मानिस मा यो रोग सर्ने प्रमुख कारक भनेको यो रोग बाट संक्रमित कुखुरा हो । हाँस तथा अन्य रोगी पक्षी बाट पनि यो रोग सर्ने सम्भावना हुन्छ । यो रोग लागेका पक्षी को मासु, रगत, प्वाँख, सिँगान, र्‍याल, सूली, अण्डा को सम्पर्क बाट वा नजीकै को हावा मा उडिरहेका ससाना पानीका कणहरु को सम्पर्क बाट यो रोग सर्दछ । 

null

यी हुन्  बर्ड फ्लूका लक्षणखोकी लाग्ने, ज्वरो आउनटाउको दुख्ने, जाडो लाग्नेहाछ्युँ आउँने, मांसपेशीमा पीडा हुनेनाकबाट पानी बग्ने वा नाक थुनिने 

बर्ड फ्लू लाग्नबाट यसरी बँच्नुहाेस् : यो रोगबाट बच्नका निम्ति निम्न सावधानीहरु अपनाउन जरुरी छ । खाना खानु भन्दा अगाडी साबुन पानी ले राम्ररी हात धुने, घर छिमेक मा कुखुरा तथा पंक्षीहरु मरेको देख्नु भएमा तुरुन्तै सरकारी अधिकारी तथा सम्बन्धित स्थानीय निकायहरुमा खबर गर्ने र आँफूले ती मरेका पक्षी लाई छुने चलाउने काम नगर्ने । 

यदि नजिक जानु परेमा माक्स लगाएर जाने । हाँस , टर्की तथा अन्य जंगली पक्षीहरुमा पनि यो भाइरस पाइने हुनाले आफू तथा आफ्ना बालबालिका लाई पनि तेस्ता पक्षीहरु को छेउछाउ मा जान नदिने । 

कुखुराको मासु, अण्डा खानु परेमा राम्ररी धोईपखाली गरी राम्ररी पकाएर मात्रै खाने । किनभने यो भाइरस ७० डिग्री भन्दा माथी को तापक्रम मा ३० मिनट भन्दा बढी समय बाँच्न सक्दैन । नेपालमापनि बर्ड फ्लुबाट पहिलो पटक एक २१ वर्षीय किशोरको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *