विप्लव कार्यकर्ताको कुटपिटबाट दम्पतीको हात भाँच्चियो, शरीरभरी चोटै चोट

 

जेठ १४, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एक दम्पतीमाथि मरणासन्न हुने गरी कुटपिट गरेका छन् । 

१५/२० जनाको समूहमा आएका विप्लव कार्यकर्ताले बन्दको दिन सोमबार हरिहरपुरगढी गाउँपालिका–७ क्यानखोला निवासी ३५ वर्षीय हरिकृष्ण घिमिरे र उनको ३० वर्षीय श्रीमती गांगा सापकोटामाथि कुटपिट गरेका हुन् । कुटाइबाट दुवै दम्पती गम्भीर घाइते भएका छन् । 

null

घिमिरेको देव्रेहात र सापकोटाको दाहिने हात भाँच्चिएका छन् भने शरीरभरी चोट लागेको छ । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कपिलाकोटबाट गएको प्रहरी टोलीले घाइतेको उद्धार गरी उपचारका लागि हेटौंडा पठाइसकेको छ । 

गाउँपालिकाबाट मोटर साइकलमा घर फर्कदै गरेका घिमिरे दम्पतीलाई चुरे जंगलमा मोटरसाइकल रोकी कुटपिट गरि मार्ने प्रयास गरिएको प्रहरीको भनाइ छ । 

घिमिरे दम्पती विप्लवका हिंसात्मक गतिविधि मन नपरेको भन्दै गत मंसिर २० गते विप्लव समूह छाडेर नेकपामा प्रवेश गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *