तातोपानी नाका अर्को साता खुल्छ, रेल ल्याउन सहज छैन: चीन

 

जेठ ९, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले तातोपानी नाका अर्को साताबाट खुल्ने जानकारी दिएकी छिन् । 

बिहीबार बालुवाटारस्थित चिनियाँ दूतावासमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै नेपालका लागि चिनियाँ राजदूत यान्छीले सो कुराको जानकारी दिएकी हुन् । 

null

पत्रकार सम्मेलनमा उनले भनिन्, ‘भूकम्पले क्षति पुर्याएको तातोपानी नाकालाई पुरानै अवस्थामा फर्काउन निकै मेहनत गरिएको छ । अर्को सातादेखि नाका सञ्चालनमा ल्याइन्छ ।’ 

उनले नेपालमा रेल ल्याउन अप्ठेरो भएपनि विभिन्न चरण पार गर्दै नेपालमा रेल भित्र्याउने प्रतिबद्धता पनि जनाइन् । ‘रेल भित्र्याउने कार्य सजिलो छैन । प्रस्तावित रेलमार्गको भौगोलिक बनोट साँच्चै समस्यापूर्ण छ । भौगोलिक विकटताका कारण नेपालमा रेल ल्याउने विषय अत्यन्त जटील छ,’ चिनियाँ राजदूत यान्छीले भनिन्, ‘ यो आज घोषणा गरेर भोलि पूरा हुने योजना होइन । दुई–तीन वर्षमा सम्भव हुँदैन । यो त एक–एक खुड्किलो चढ्दै पूरा हुने विषय हो।’ 

काठमाडौंमा हुने रेलको बहस सुनेर आफू अचिम्मत हुने गरेको उनले सुनाइन् । उनले अनुदानका विषयमा सम्भाव्यता अध्ययनपछि मात्र छलफल हुने बताइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *