ढाट आगलागीको आरोपमा लामिछाने पक्राउ

  

जेठ ३, टिकौली । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरबाट टाँडीतर्फ जाने सडकको टिकौली जंगल छेउको ढाटमा भएको आगजानीमा थप एकलाई पक्राउ गरिएको छ । 

आईतबार थप एकमा केपी लामिछानेलाई पक्राउ गरिएको  प्रहरी कार्यालय रत्ननगरले जनाएकाे छ । । उनी कृषि विकास बैंक कर्मचारी यूनियनका पूर्वअध्यक्ष समेत रहेका छन् । यो भन्दा अगाडी गोकर्ण गिरी पक्राउपरि सकेका छन् । गिरी रेष्टुरेण्ट एण्ड बार एसोशियसन (रेवान) सौराहाका अध्यक्ष हुन्  

null

। 

पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय भरतपुर लगि सकिएको छ । यस आगलागीमा परी एक महिला प्रहरी समेत घाईते भएकी थिईन् । 

टिकौलीमा रहेको सडक बोर्डको कर उठाउँदा यहाँको स्थानियबासी निकै मर्कामा पर्दै आईरहेका थिए । यस ढाडले गर्दा भरतपुर आएर काम गरी घर फर्किने क्रममा आफ्नै जिल्लाभित्र सवारी साधन लिएर हिड्दा समेत रकम तिर्नुपर्ने बाध्यता पूर्वी चितवनवासीको रहेको थियो । 

रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले दुई दिन अगाडी मात्रै  प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै ढाट हटाउन माग गरेका थिए । एक हप्ताको समय प्रजिअ बस्नेतले अध्यक्ष रेग्मीसँग मागेका थिए । प्रदेशसभाका सांसद कृष्ण खनालको उपस्थितिमा ज्ञापनपत्र बुझाएको दुई दिनपछि नै उनै रेग्मी सहित ढाटमा आगलागी भएको हो । 

चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) शुशिल सिंह राठौरले टिकौलीमा रहेको ढाटमा सांसदकै हात भएकाे बताएता पनी सांसद खनालले भने यस कुरालाई नकारेका छन् । 

प्रहरीका अनुसार आगलागीको भिडियो हेरेपछी लामिछाने र गिरीलाई पक्राउ गरिएको हो । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *