कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एककाे मृत्यु

बैशाख ३१ ।  कैलालीको टीकापुरमा ट्याक्टर दुर्घटना हुँदा चालक धनबहादुर चौधरीको मृत्यु भएको छ । 

आज बिहान ८ बजे टीकापुरबाट इँटा बोकेर नारायणपुर जाँदै गरेको से१त १११६ नंको ट्र्याक्टरको चक्का फुत्किँदा जानकी गाउँपालिका–५ घर भएका ४० वर्षीया चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । 

लम्की पुल क्षेत्र बढी दुर्घटना हुने क्षेत्र हो । यो क्षेत्रमा दुर्घटना हुनसक्ने जोखिमबाट बच्न प्रहरीले सूचना बोर्डसमेत राखेको छ । चालू वर्षमा टीकापुर सो क्षेत्रमा सडक दुर्घटनामा परी तीनको मृत्यु भएकोे छ भने दुईको अङ्गभङ्ग भएको प्रहरीले जनाएको छ । रासस 

null

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *