आज मेघ गर्जनसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ, १६ जेठ । विशेष गरि देशका पहाडी क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि मनसुनको समय र भारतको बिहार क्षेत्रमा न्यूनचापिय रेखा बनेकाले मौसम बदली भएको मौसमविद मञ्जुले जानकारी दिएका छन् । 

 

पूर्व, मध्य र पश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । बुधबार बेलुका काठमाडौँ तथा पोखरा र आसपसका क्षेत्रमा वर्षा भयो । बिहीबार पनि पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ । 

null

तराईका क्षेत्रको मौसम भने सफा नै रहने देखिएको छ । तर अपराहन्न तिर बदली हुन सक्ने सम्भावना छ । यस्तै हावाहुरीको सम्भावना पनि रहेको मौसमविदले उल्लेख गरेका छन् । बिहानैदेखि बदली भएको काठमाडौँ उपत्यकाको मौसम दिउँसो खुले पनि फेरि बदली भइ पानी पर्ने सम्भावना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *