मिडिया काउन्सिल विधेयकलाई प्रेसमैत्री बनाउन पहल गर्छुः सभामुख महरा

 

बैशाख ३०, काठमाडौं । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलका पदाधिकारीले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएका छन् । 

सरकारले तयार गरको मिडिया काउन्सिल विधेयकप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलका पदाधिकारीले सोमबार सभामुख महरालाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले उक्त विधेयक रोक्नका लागि सिंहदरबारस्थित सभामुखकै कार्यकक्षमा भेटेर ध्यानाकर्षण गराएका हुन् । 

null

ज्ञापनपत्र बुझ्दै सभामुख महराले संसदमा दर्ता भएको उक्त विधेयक प्रेसमैत्री बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

सभामुख महराले विधेयकमा सञ्चार जगतको सरोकारबारे संसद्, संसदीय समितिमा पर्याप्त छलफलको वातावरण बनाउन सहयोग गर्ने पनि आश्वासन दिएको बताइएको छ । 

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले विधेयकमा मन लाग्दी जरिवाना तथा क्षतिपूर्ति तिराउने व्यवस्था लागु गरेर प्रेसलाई पूर्ण रुपमा सरकारको नियन्त्रणमा राख्न खोजेको भन्दै ती व्यवस्था हटाउन माग गरे । 

महासंघले वैशाख ३१ गते संसदीय समितिका सभापति र सदस्यहरूसँग छलफल गर्दैछ । प्रेस काउन्सिलले विभिन्न विरोध कार्यक्रमहरु पनि सार्वजनिक गरिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *