साइप्रसमा नेपाली चेलीको हत्या

बैशाख २४, काठमाडौँ । साइप्रसमा नेपाली चेली अस्मिता खड्का विष्टको श्रृङ्खलावद्ध तरिकाले हत्या भएको छ । 

 

उनको हत्या एक ‘सिरियल किलर’ले गरेका हुन् । सिरियल किलरले ७ जना आप्रवासी महिलाको हत्या गरेको थियो । त्यस मध्ये एक नेपाली चेली अस्मिता खड्का विष्ट रहेको अन्तर्राष्ट्रिय सञ्चार बताएको छ । 

null

अन्तर्राष्ट्रिय सञ्चार रोयटर्सले जनाएअनुसार साइप्रस सेनाका ३५ वर्षे एक बहालवाला कप्तानले आप्रवासी कामदार महिला र तिनका छोरीलाई श्रृङ्खलावद्ध तरिकाले हत्या गरेका हुन् । हत्याको अरोपित कप्तानलाई प्रहरीले पक्राउ  गरी सकेका छन् । 

साइप्रसमा नेपाली महिलाहरु बिभिन्न घरेलु कामदारको रुपमा रोजगारीका लागि जाने गर्दछन् । अस्मिता पनी राेजगारीकै शिलशिलामा साइप्रस पुगेकी थिइन् ।  २०१८ जुलाइ १८ देखि अस्मितामा साइप्रसमा हराइरहेकी थिइन्। उनको खोजी कार्य गर्न महिला अधिकारवादी समूहले माग गर्दै आईरहेका थिए । 

पक्राउ परेका कप्तानले हत्या गरेको स्वीकार गरी सकेको र उनकै बयानको आधारमा विभिन्न स्थानबाट हत्या गरिएका ५ जनाको शव साइप्रस प्रहरीले राजधानी निकोसिया नजिकै रहेको तामा खानीको दुषित पानी जम्मा हुने पोखरीमा फेला पारेका थिए । फेला पारिएको शव मध्ये एक अस्मिताको भएको बीबीसीले जनाएको छ । 

उनको हत्यापछी साइप्रसमा भएका नेपालीहरुले अस्मितालाइ न्याय दे भन्दै बिभिन्न नारा लगाई बिरोध प्रर्दशन गरेका छन् । साइप्रसमा ७ जना आप्रवासीको हत्याको सार्वजनिक भएसँगै आप्रवासी कामदारको अवस्थाबारे बहस सुरु भएको छ। मृतकको सम्झनामा स्थानीय बासिन्दा र आप्रवासी कामदारहरुले राष्ट्रपति भवन अगाडि बिभिन्न कार्यक्रमहरूकाे आयोजना गर्दै आइरहेका छन् । 

साइप्रसका राष्ट्रपतिले बेपत्ता भएका आप्रवासी महिला कामदार को विषयमा गम्भीरतापूर्वक खोजकार्य नगरेकाे भन्दै आलोचना भएपछि त्यहाँका प्रहरी प्रमुखलाई पदबाट हटाईएको छ । कानुनमन्त्रीले यही विवादका कारण पदबाट राजिनामा समेत दिएका छन्। 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *