विद्यार्थीको समूहले उपकुलपति शर्मालाई कालोमोसो दले

बैशाख १८, पोखरा । पोखरामा विद्यार्थीको एक समूहले विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्मालाई कालो मोसो लगाई दिएका छन् । 

 

बैशाख १७ गते दिउँसो चोभारको मञ्जुश्री पार्क नजिकै विद्यार्थीको समूहले उनलाई कालो मोसो अनुहारमा लगाई दिएका हुन । बिगत केही समय देखी उनी निकै विवादित बन्दै आईरहेका थिए । 

null

नियमविपरित विद्यार्थी भर्ना गरेका पोखरा विश्वविद्यालय अर्न्तगतका ४२ वटा निजी कलेजलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीहरुको समूहले परिवारका सदस्यहरु सहित आफ्नो सवारीमा रहेका शर्मालाई कालाे मोसो लगाई दिएका हुन् । 

विद्यार्थीहरु आन्दोलित हुँदा पनि विद्यार्थीको माग सम्बोधन गर्न चासो नदिई उल्टै प्रहरी लगाएर दमन गरेको भन्दै विद्यार्थीहरुले आक्रोश पोखेका थिए । बैशाख १६ गते प्रदर्शनमा उत्रिएका पोखराका ८ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेका थिए । विद्यार्थीहरुले नियम विपरित भर्ना गर्ने कलेजमाथि कारबाही माग गर्दै काठमाडौं र पोखरामा दिनहुँ आन्दोलन गर्दै आईरहेका छन् । 

बिगत १५ दिनदेखि पोखरा विश्विद्यालयको केन्द्रीय कार्यालयमा उपस्थिती नभएका शर्मा काठमाडौंमा बस्दै आएका थिए । लगभव ४५ जना विद्यार्थीले बैशाख १६ गते परीक्षा दिन पाएका थिएनन् भने लगभग १०० विद्यार्थीले बैशाख १८ गते को परीक्षा बहिष्कार गरेका छन् । पोखरा विश्वविद्यालयले विद्यार्थीको आन्दोलनकाबीच सेमेस्टर परीक्षा प्रहरीको सुरक्षाघेरामा राखेर लिंदै आईरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *