सोमबारदेखि काठमाडौं–कोलकाता उडान गर्दै बुद्ध एयर

 

जेठ १२, काठमाडौं । बुद्ध एयरले भोलिदेखि काठमाडौं–कोलकाता उडान गर्ने भएको छ । 

भोलि (सोमबार) देखि बुद्ध एयरले व्यावसायिक रुपमा कोलकाता–काठमाडौंको उडान गर्न लागेको हो । 

null

‘बुद्ध एयरले सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजे काठमाडौं–कोलकाता उडान गर्न लागेको हो,’ आइतबार पत्रकार सम्मेलन गरी उडानबारे जानकारी गराउँदै बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले भने, ‘बिहान साढे १० बजे कोलकाताबाट काठमाण्डौका लागि जहाज उड्ने छ ।’ 

प्रबन्ध निर्देशक बस्नेतका अनुसार अन्तर्राष्ट्रिय उडानको अभ्यासको रुपमा सुरु गर्न लागिएको काठमाडौं–कोलकाता उडान सफल भएमा अन्य स्थानका लागि पनि अन्तर्राष्ट्रिय उडान सुरु गरिने छ । 

सुरुमा बुद्ध एयरले वैशाख २ गतेदेखि कोलकाता उडान गर्ने योजना बनाएको थियो । भारतीय निर्वाचनका कारण तालिका परिवर्तन गरिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *