प्रभु बैंकको नयाँ एक्सटेन्सन काउन्टर विराटनगरमा

बैशाख २१, विराटनगर । प्रभु बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउन्टर विराटनगरमा सुरु गरेको छ । बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका तिनपैनी वडा नं. ३ स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसर भित्र एक्सटेन्सन काउन्टर सुरु गरेको हो । 

बैदेशिक रोजगारीमा जाने सेवाग्राहिका लागि आवश्यक श्रम स्वीकृति वापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाको लागि हिजोबाट एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।  

 

null

उक्त काउन्टरको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालयका प्रमुख प्रेम प्रसाद संजेलले गरेका थिए । 

उक्त एक्सटेन्सन काउन्टरबाट बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने तथा नेपालको राजस्व संकलनमा पनि थप योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *