७८ लाख घुस प्रकरणः अदालतमा लर्बराए पाठक, बाँझियो बयान (पूर्णपाठ)

 

जेठ २, काठमाडौं । ७८ लाख घुसकाण्डमा मुछिएका अख्तियारका आयुक्त राजनारायण पाठक ७८ लाख धरौटी बुझाएर बुधबार छुटेका छन् । 

बुधबार विशेष अदालत उपस्थित भएका उनी अदालतमा बयान दिइ ७८ लाखको धरौटी बुझाएर बुधबार नै रिहा भएका हुन् । 

null

अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजालमा बयान लिने क्रममा उनीसँग २८ सवाल–जवाफ भएको थियो । 

नेपाल इन्जिनियरिङ कलेजको विवादमा ७८ लाख घुस लिएका उनले बयान दिने क्रममा घुस दिएको भनिएका कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई आफूले नचिनेको तथा कुनै रिसिइबी, लेनदेन नभएको दाबी गरेका छन् । लम्बोदर न्यौपानेले नै घुस दिएको आरोप लागिरहँदा यता अख्तियारका पूर्व आयुक्त पााठकले भने उनीसँग कुनै कारोबार नभएको दाबी गरेका हुन् । 

यस्तै लम्बोदर न्यौपानेको सम्पर्क नम्बर पनि आफूलाई थाहा नभएको जिकिर गरेका उनले ज्ञानेन्द्र झासँग पनि मुद्दाका विषयमा कुनै बार्गेनिङ नभएको बताए । 

यसअघि ज्ञानेन्द्र झालाई फोन गरी ‘तपाईंको साथीको मुद्दा मिलाइदिन्छु भनी १ करोड ६५ लाख दिनुहोस्’ भनि बार्गेनिङ गरेको र नदिएमा उनलाई धम्की समेत दिइएको झाले बताएका थिए । तर पाठकले भने झाको बयानलाई ‘आफूलाई फसाउने नियत’ भएको अदालतमा बयान दिएका छन् । 

पाठकलाई घूस दिने चाँगुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने भने अहिले फरार छन्। 

  

 

 

 

 

 

 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *