शिक्षिका भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा

 

जेठ ६, कैलाली । कैलाली साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयकी शिक्षिका मधु कुमारी भण्डारी (जोशी) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

अख्तियार अनुसन्धान आयोगले विद्यालयकी प्रा.वि. तहमा कार्यरत शिक्षिका भण्डारीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

null

शिक्षिका भण्डारीविरुद्ध लामो समयदेखि भारतबाट एसएलसी पास गरेको नक्कली सर्टिफिकेट पेश गरी सेवा सुविधा लिइरहेको हुँदा आवश्यक कारबाही गरी पाउँ भन्ने उजुरीका परेको थियो । सोही उजुरी सम्बन्धमा छानविन तथा अनुसन्धान गर्ने क्रममा शिक्षिका मधु भण्डारीले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यूपीबाट प्राप्त हाइस्कुल परीक्षा (एसएलसी सरह) उत्तीर्ण भएको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी उक्त विद्यालयको शिक्षक पदमा नियुक्त भएर सरकारी लाभ समेत लिइएको देखिएको अख्तियारले जनाएको छ । 

शिक्षिका भण्डारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन सक्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *