नेकपाले टुंगो लगायो १४७ सदस्यीय पोलिटब्युरो (नामसहित)

 

जेठ २, काठमाडौं । पार्टी एकता भएको करिब एक वर्षपछि नेकपाले १४७ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ । 

पूर्व एमाले र माओवादीलाई समेटेर नेकपाले १ सय ४७ सदस्यीय पोलिटब्यूरो गठन गरेको हो । जसमा ८१ जना पूर्व एमाले र ६६ जना पूर्व माओवादी तर्फबाट सदस्य चयन भएका छन् । 

null

प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जानुअघि नै पाँच जना नेता रहेको कार्यदलले पोलिटब्यूरोको सूचीलाई अन्तिम रुप दिएको नेकपा स्रोतले जनाएको छ । 

अन्तिम सूचीलाई जेठ ३ गते बस्ने सचिवालय बैठकबाट अनुमोदन गरि औपचारिक रुप दिइने कार्यक्रम छ । यसमा एक दुई जनाको फरक मत रहेपनि सम्भवतः यो सूची नै अनुमोदन भएर घोषणा हुनेछ । 

पूर्व एमालेको तर्फबाट पहिले पोलिटब्यूरो सदस्य रहेका यी ५९ जना नेकपाको पोलिटब्यूरोमा रहने छन् भने अन्य २२ जना थप भएका छन् । 

पोलिटब्यूरो सदस्य रहेका यी ५९ जनामा प्रधानमन्त्री केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, भीम रावल, ईश्वर पोखरेल, वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, घनश्याम भुसाल, पृथ्वीसुब्बा गुरुङ, प्रदिप ज्ञवाली, भीम आचार्य, गोकर्ण विष्ट,योगेश भट्टराई, किरण गुरुङ, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, विष्णु रिमाल, युवराज ज्ञवाली, रघुजी पन्त, रघुवीर महासेठ र सत्यनारायण मण्डल रहेका छन् । 

यसैगरी सुरेन्द्र पाण्डे, शंकर पोखरेल, सुवास नेम्वाङ, अरुण नेपाल, काशीनाथ अधिकारी, गंगालाल तुलाधर, थममाया थापा, नागेन्द्र चौधरी, प्रदिप नेपाल, प्रकाश ज्वाला, परशुराम मेघी गुरुङ, पशुपति चौलागाई, विन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्र पाण्डे, यामलाल कँडेल, राजेन्द्रप्रसाद पाण्डे, राधा ज्ञवाली, रामप्रित पासवान, लालबाबु पण्डित, विजय पौडेल, श्रीमाया थकाली पनि पोलिटब्यूरो सदस्यमा छन् । 

त्यस्तै कर्ण थापा, गोकुल घर्तीमगर, गोरख वोेगटी, गौरा प्रसाई कोईराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलबहादुर गुरुङ, दलबहादूर राना, डा. वंशीधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, योगनारायण यादव, शत्रुध्न महतो र शेरधन राई पूर्व एमालेको तर्फबाट नेकपाको पोलिटब्यूरोमा स्वतः छनाैट भइसकेका छन् ।  

पूर्व एमालेको तर्फबाट नेकपाको पोलिटब्यूरोमा छनोट भएका थप २२ जनाः 

केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, घनेन्द्र बस्नेत, देवराज घिमिरे, खगराज अधिकारी, धर्मनाथ साह, गुरु बराल, नरेश खरेल, भानुभक्त जैशी, विजय सुब्बा, शेरबहादुर तामाङ, वैजनाथ चौधरी, केशवलाल श्रेष्ठ, शुशीला नेपाल, जयन्ती राई, कल्याणी खड्का, गरिमा शाह, चुडामणी जंगली, नजिर मियाँ, जीवनराम श्रेष्ठ, रामचन्द्र यादव र गौरी ओली । 

पूर्व माओवादीतर्फबाट पोलिटब्यूरोमा स्वतः छनोट भएका स्थायी समिति सदस्यः 

पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ,  रामबहादुर थापा ‘बादल’, देव गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्नि सापकोटा, बर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिकाप्रसाद यादव, गणेश साह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लिलामणि पोखरेल र मणि थापा । 

पूर्व माओवादीको तर्फबाट पोलिटब्यूरोमा थपिएका ४७ सदस्यः 

हितमान शाक्य, कुलप्रसाद केसी, जयपुरी घर्ती, दिनानाथ शर्मा, हितराज पाण्डे,  विश्वनाथ साह, डिलाराम आचार्य, उर्मिला अर्याल, ओनसरी घर्ती, प्रभु साह, प्रल्हाद बुढाथोकी, सुनिल मानन्धर, सुरेन्द्र कार्की,जोखबहादुर महरा,नारायण दाहाल,सन्तु दराई,गणेशमान पुन,हितबहादुर तामाङ,जगप्रसाद शर्मा,कालीबहादुर मल्ल, कमला रोक्का, झक्कु सुवेदी, हरिराज अधिकारी, सुरेशकुमार राई, शशी श्रेष्ठ, डिआर पौडेल, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, टेकबहादुर बस्नेत, खगराज भट्ट, महेश्वर गहतराज, अन्जना विशंखे, राजु खड्का, कृष्णध्वज खड्का, श्रवण यादव, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, अमृता थापा, सूर्यप्रसाद सुवेदी, सावित्रीकुमार काफ्ले, महेश्वर दाहाल, रामचन्द्र झा, दिलीप प्रजापति, श्रीराम ढकाल, महेन्द्र पासवान, अजम्बर काङवाङ र सुरेश आले मगर ।  

पार्टी एकताको प्रक्रियाको लामो समयपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले केही हप्ता अघि मात्रै ७७ जिल्लामा कार्य समितिको टुंगो लगाएको थियो । बैशाख ७ गते बसेको नेकपाको सचिवालय बैठकले तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी नेतृत्व टुंगो लगाएको हो । 

चुनावी गठनबन्धनसँगै पूर्व एमाले र माओवादीले आफ्नो एकल हैसियत समाप्त गर्दै गत वर्ष जेठ ३ गते नेकपा गठन गरेका थिए । पार्टीले एकतालाई समयमै नटुग्याउँदा र विकासका प्रतिवद्धताहरु पूर्णरुपमा कार्यान्वयनमा नल्याउँदा पार्टीको तल्लो तहमा निराशा पैदा भएको थियाे ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *