सरकारको नीति तथा कार्यक्रम झुटको पुलिन्दाः सांसद यादव

 

बैशाख २३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको बताएको छ । 

सोमबार प्रतिनिधि सभाको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै कांग्रेस सांसद सीतादेवी यादवले सरकारले गत वर्ष ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै यस ०७६/७७ को नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको बताएकी हुन् । 

null

‘यो सरकारको ७६/७७ का लागि ल्याएको नीति कार्यक्रम राम्रो छैन । यसमा जनताको हितबारे केही समेटिएको छैन । गत वर्ष घोषणा गरिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान पनि नारामा सिमित भएको छ’, संसद बैठकमा उनले भनिन्, ‘गत वर्षमा सरकारले घोषणा गरे अुनुरुप हुन सकेन । त्यसैले यो नीति र कार्यक्रम झुटको पुलिन्दा हो ।’ 

यस्तै उनले सरकारले आगामी वर्षमा ५ लाखलाई रोजगारी दिने भनेर जग हँसाएको बताइन् । संघीयता र प्रेस स्वतन्त्रतालाई बलियो बनाउने कुनै कार्यक्रम नल्याएको पनि उनले उल्लेख गरिन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *