‘मोटरसाइकलको पछाडि बस्नेलाई हेलमेट अनिवार्य’ तत्कालै होइन है !

 

जेठ ७, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई पांग्रे सवारी साधन पछाडी बस्नले पनि हेलमेट अनिवार्य लगाउनुपर्ने व्यवस्था तत्काल लागु नहुने स्पष्ट पारेको छ । 

महाशाखाले केही दिन अघि मात्रै दुईपांग्रे सवारी साधन पछाडि बस्ने यात्रुले अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था लागु गरेको थियो । तर सामाजिक सञ्जालबाट यसको चौतर्फी विरोध भएपछि हेल्मेट लगाउनुपर्ने व्यवस्था तत्काल लागू नहुने स्पष्ट पारेको हो । 

null

सोमबार सवारी तथा यातायात व्यवस्था ऐन उदृत गर्दै महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ दफा १३० उपदफा २ बमोजिम दुईपांग्रे सवारी चलाउँदा चालक तथा सो सवारी साधनमा बस्ने मानिसले टोप (हेल्मेट) लगाउनु पर्छ भन्ने उल्लेख छ । उच्च गुणस्तरको हेल्मेटको प्रयोग भएमा दुर्घटनाबाट हुने क्षति न्युन गर्न सक्छ । यो नियम तत्काल कार्यान्वयन हुने होइन । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य पश्चात कार्यान्वयन हुने व्यहोरा अनुरोध छ ।’ 

आइतबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाले दुर्घटना बढेको भन्दै यसको न्यूनिकरणका लागि दुई पांग्रे सवारी चालक तथा पछाडी बस्नेले आईएसओ मान्यता प्राप्त हेलमेट मात्र प्रयोग गर्नुपर्ने बताएको थियो । 

मिति २०७६।०२।०६ , मोटरसाईकल तथा दुई पांङग्रे सवारी चलाउदा चालकले तथा सो सवारीमा बस्ने मानिसले प्रयोग गर्ने हेल्मेट सम्बन्धमा ।——————————————————— pic.twitter.com/RNEKVf4Rqr 

चौतर्फी विरोध भएसँगै महाशाखा पछाडी हटेको हो । कुनै कारण वा तर्कबिना ट्राफिकले दुई पांग्रेका यात्रुलाई हेल्मेट अनिवार्य गर्न खोजेको भन्दै सामाजिक सञ्जालमा सर्वसाधारणले सरकारको स्वार्थ लुकेको हुनसक्ने आरोप लगाएका थिए । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने हेल्मेट व्यापारीको स्वार्थ अथवा टुटल र पठाओजस्ता राइड सेयरिङ कम्पनीलाई तह लगाउन ट्राफिकले यो नियम ल्याएको निष्कर्ष निकालेका थिए । 

पहिले पनि पछाडि बस्नेहरुलाई हेल्मेट अनिवार्य लगाउनु पर्ने व्यवस्था केही वर्ष पहिले खारेज गरिएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *