नीति तथा कार्यक्रमको समर्थन गर्न प्रचण्डको अपिल (भिडियाे-LIVE)

२०७६ वैशाख २४ गते

वैशाख २४, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई समर्थन गर्न अपिल गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको तर्फबाट गत शुक्रबार संघीय संसदको दुवै सदनको बैठकमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष दाहालले यस्तो अपिल गरेका हुन् ।
null
बैठकमा उनले भने, ‘यो नीति कार्यक्रमलाई दृढ समर्थन गर्दै त्यसको पक्षमा मतदान गर्न सबै मान्य सदस्यहरुलाई हार्दिक अपिल गर्न चाहन्छु ।’
आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम पनि तय भएको छ ।

२०७६ वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित