नक्कली सुन देखाई ठगी गर्ने तीन प्रहरीको फन्दामा

 

जेठ १२, काठमाडौँ । काठमाडौँ परिसरबाट खटिएको प्रहरी टोलीले नक्कली सुन देखाई ठगी गर्ने तिन व्यक्तिलाई पक्राउ गरेका छन् । 

पक्राउ परेका व्यक्तिहरुले राजकुमार पकुवालसँग वैशाख १९ गते १ किलो नक्कली सुन देखाई ३६ लाखमा डिल गरी २० लाख २१ हजार रुपैयाँ लिई सुन पनि नदिई भागेको प्रहरीले जनाएको छ । 

null

पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुर बस्ने २२ वर्षीय सुदीप सिलवाल, सिन्धुपालचोक घर भक्तपुर ठिमी बस्ने २५ वर्षिय शेरबहादुर डुम्जन र काभ्रे खार्पाचोक घरभई जडिबुटी बस्ने मुस्कान भन्ने सानु तामाङ रहेका छन् । 

पक्राउ परेको उनीहरुको साथबाट नक्कली सुन १ केजि, ४२ हजार रुपैयाँ नगद, दुई थान स्कुटी र मोवाईल चार थान फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका उनीहरुमाथी कारवाही अघी बढाई सकिएको र थप अनुसन्धान भईरहेको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *