संसदमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री (Live)


बैशाख ३१, काठमाडौं । संसदमा आज आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहेको छ ।
११ बजे सुरु भएको बैठकमा सुरुमा सांसदहरुले आफ्ना सुझाव र धारणा राख्ने र मन्त्री खतिवडाले जवाफ दिने कार्यक्रम थियो । सांसदले आफ्ना सुझाव, धारणा, जिज्ञासा र प्रश्न राखिसकेका छन् ।
null
सांसदहरुले आफ्ना सुझाव, प्रश्न राखिसकेपछि अहिले अर्थमन्त्री खतिवडाले जवाफ दिइरहेका छन् ।
शुक्रबार, आइतबार र सोमबार भएको छलफलमा सहभागी सत्तापक्षका सांसदहरुले नीति तथा कार्यक्रम राम्रे भएको धारणा राखेका थिए भने विपक्षी दलका सांसदहरुले चित्तबुझ्दो नभएको भन्दै टिप्पणी गरेका थिए ।
सरकारको नीति तथा कार्यक्रम बैशाख २४ गते नै बहुमतले पारित भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
