मालपोत कार्यालय भित्र शंकास्पद बस्तु फेला

काठमाडौं, १४ जेठ । जिल्ला मालपोत कार्यालय कैलालीको परिसर भित्र बम जस्तै शंकास्पद बस्तु फेला परेको छ । कालो झोलामा शंकास्पद बस्तु भेटिएपछि प्रहरीले सो स्थानलाई घेराबन्दी गरेर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कार्यालयमा शंकास्पद कालो झोला फेला परेको छ । 

 

सो स्थानमा कुनै पर्चा पम्प्लेटहरु फेला परेको छैन । बम हुन सक्ने आशंकामा नेपाली सेनाको बस डिस्पोजल टोलीलाई खबर गरिएको छ । सोमबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नेपाल बन्दका क्रममा ठाउँ ठाउँमा बम फेला परेपछि जनजीवन आतंकित बनेको थियो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *